Sunday, February 7, 2016

मोटोपन एउटा यस्तो बिरामी हो
जसले साथमा अन्य कयौं बिरामीहरु
बोकेर आउँछ । यसर्थ मोटोपनलाई रोग
लुकाउने पर्दा पनि भन्ने गरिन्छ । यदि
यसलाई समयमै नियन्त्रण गर्न सकिएन भने
मान्छे बिस्तारै बिस्तारै मृत्यूको
मुखतर्फ अगाडि बढ्न थाल्दछ ।
काममा व्यस्तताको कारण मानिसले
नियमितरुपमा शारीरिक अभ्यास
पनि गर्न भ्याउँदैन । यदि तपाई पनि
मोटोपनको शिकार हुनुहुन्छ भने यी
कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस्
। यदि तपाई राति सुत्नुभन्दा अगाडि
यी पाँच उपायहरु अपनाउनुहुन्छ भने
तपाईले मोटोपनलाई नियन्त्रणमा
राख्न सक्नुहुन्छ ।
खुर्सानीले बोसो घटाउने काममा धेरै नै
प्रभावकारी भूमिका निर्वाह गर्न
सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको
खानासँगै खुर्सानी खानुपर्छ ।
राति सुत्नुभन्दा अगाडि ग्रीन चिया
पिउनाले पनि शरीरको मेटाबोलिज्म
बढ्छ । यसले रातभरी तपाईंको तौल
घटाउने काम गर्छ ।
राम्रोसँग निन्द्रा नपुग्नाले पनि तौल
बढ्ने समस्या हुन्छ । यसकारण सकेसम्म
निन्द्रा पुग्नेगरी सुत्नुपर्छ ।
सुत्नुभन्दा अगाडि तनावमुक्त हुनुहोस् ।
आनन्द महसुस गर्नसक्ने वातावरण
बनाउनुहोस् । राम्रा राम्रा र
सकरात्मक सन्देश दिने गीत सुन्नुहोस् ।
नुहाउनुहोस् । यसले तपाईलाई राम्रो
निद्रा पार्न सहयोग गर्छ ।
रातिको खाना सात बजेसम्म
खाइसक्नुहोस् । ढिलो खाना खाने र
भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको
मेटाबोलिज्ममा प्रभाव पर्दछ । जसले
तौल बढ्न सक्छ ।

No comments:

Post a Comment