Sunday, February 7, 2016

यु–१९ विश्वकप : लगातार दोस्रो जितसँगै नेपाल क्वाटरफाइनलमा

यु–१९ विश्वकप : लगातार दोस्रो जितसँगै नेपाल क्वाटरफाइनलमा

काठमाडौँ, माघ १६ गते। उन्नाइस वर्षमुनि ९यु–१९० विश्वकप क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै दोस्रो जित निकालेसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
image
बङ्गलादेशस्थित फतुल्लाह रङ्गशालामा आज भएको खेलमा नेपालले आयरल्यान्डलाई ८ विकेटले हराएपछि दोस्रो चरणको सम्भावना बलियो बनेको हो । टस जितेर ब्याटिङ गरेको आयरल्यान्डले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा १३१ रन मात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा आएको नेपालले २५।३ ओभरमै मात्र २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका लागि योगेन्द्रसिंह कार्कीले अविजित ६१ तथा अर्का अविजित आरिफ शेखले ३१ रन बनाएपछि जित सुनिश्चित बनेको थियो । ओपनर सन्दीप सुनार पहिलो बलमै ० रनमा आउट भएपछि दबाबमा परेको नेपाललाई योगेन्द्र र आरिफले उकासेका हुन् । अर्का ओपनर सुनिल धमलाले २८ रनको योगदान गरेका थिए ।
यसअघि आयरल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि सन्दीप लामिछानेले ह्याट्रिकसहित पाँच विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई तथा सुनिल र सुशील कँडेलले १÷१ विकेट झारे । नेपाली धारिलो बलरसामु आयरल्यान्डका ब्याट्सम्यान निरीह थिए ।
आयरल्यान्डले ३८।५ ओभरमै ८ विकेट गुमाएर ९२ रन मात्र बनाएको थियो । त्यसपछि आयरल्यान्ड केही सम्हालिएको थियो । उसका लागि फिचरा तुकेरले अविजित ३०, ज्याक टेक्टोरले २७ तथा एडम डेनिन्सनले २१ रन जोडेका थिए भने अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।
आजको खेल जिते नेपालको क्वाटरफाइनलमा पुग्ने सम्भावना हुनेछ । पहिलो खेलमा नेपालले बलियो मानिएको न्युजिल्यान्डलाई ३२ रनले हराएको थियो । समूह डी मा रहेको नेपालले आफ्नो अन्तिम खेल यही माघ १८ गते भारतसँग खेल्नेछ । रासस

No comments:

Post a Comment